२० किलो गाँजा सहित मकवानपुरका ४ जना पक्राउ

हेटौडा न्युज
२२ जेष्ठ २०७७, बिहीबार १३:२३
;

रौतहट । रौतहटमा लागुऔषध गाँजा ओसार्दै गरेको अवस्थामा मकवानपुरका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय देवही गोनाही रौतहटको टोलीले चेकजाँच गर्ने क्रममा आज बिहान गाँजा ओसार्दै गरेको अवस्थामा मकवानपुरका ४ जनालाई पक्राउ गरेकमको हो ।

देवाही गोनाही नगरपालिका–८ गोनाही चोकमा चोकजाँच गर्ने क्रममा मकवानपुर घर भएका ती चार जनाबाट २० केजी आगुऔषध गाँजा बरामद भएको हो ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१२ बस्ने वर्ष १८ को सागर लामा, अंकित लामा, हेटौंडा उपमहानगरपालिका–११ बस्ने निरज लामा र कैलाश गाउँपालिका–९ बस्ने वर्ष २८ को विशाल लामा रेको प्रहरीले जनाएको छ ।

बा. ६४ प ९३०७ र ना ४५ प ६३९८ नम्बरको मोटरसाइकलमा गाँजा बोकेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*