मन्त्रीपरिषद् बैठकले स्वास्थ्य संकटकालको निर्णय गर्न सक्छ

हेटौडा न्युज
२२ जेष्ठ २०७७, बिहीबार १७:१३
;

मकवानपुर । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद् बैठक सुरु भएको छ । लकडाउनको नयाँ मोडालिटी र स्वास्थ्य संकटकालबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद् बैठक बोलाएका हुन् ।

आजको बैठकले नयाँ मोडालिटी र स्वास्थ्य संकटकालबारे निर्णय गर्न सक्ने बताइएको छ ।

काठमाडौं उपत्यका लगायत देशभर उद्योगी तथा व्यवसायीहरुले सरकारको लकडाउनको अवज्ञा गर्दै पसलहरु खोल्न थालेपछि सरकार माथि दबावमा परेको छ ।

यही अवस्थामा नयाँ मोडेलको लकडाउनबारे निर्णय हुने स्रोतले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्य संकटकाल घोषणा गर्न प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य संकटकाल घोषणाका लागि क्याबिनेटमा प्रस्ताव लगेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*