उच्चस्तरीय समितिको बैठक बस्दै, लकडाउन बारे निर्णय हुने

हेटौडा न्युज
२५ जेष्ठ २०७७, आईतवार १२:२६
;

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक आज बस्ने भएको छ । आज बस्ने बैठकमा लकडाउन खुकुलो बनाउने प्रस्ताव माथि छलफल गरी अन्तिम रुप दिने तयारी गरेको हो ।

कोरोना भाइरसको महामारी तीव्र बढे पनि आमजनताले सुरक्षा सतर्कता अपनाउँदै लकडाउन खुकुलो पार्न दबाब दिएपछि उच्च स्तरीय समितीले आज दिउँसो सिंहदरबारमा बस्ने बैठकले प्रस्तावलाई अन्तिम रुप दिने तयारी थलेको छ ।

समितिले असार १ गतेदेखि चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने प्रस्तावलाई अन्तिम रुप दिने बताइएको छ । आइतबार देखि आंशिक रूपमा बजार, उद्योग व्यवसाय सञ्चालन हुन थालेपछि सरकार पनि दबाबमा परेको छ । उद्योग वाणिज्य, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका विज्ञहरुसँग चरणबद्ध रुपमा छलफल गरेपछि समितिले असार १ गतेदेखि चरणबद्ध रूपमा लकडाउन खुकुलो पार्न लागेको हो ।

जनजीवन, आर्थिक गतिविधिको निरन्तरता र नियमितताको सन्तुलन राख्न लकडाउनको हालको स्वरुप परिवर्तन गर्न लागिएको हो । पहिलो चरणमा कृषि, दैनिक उपभोग्य सामाग्री वितरक केन्द्रहरु खोल्ने तयारी छ ।

दुई–दुई हप्तामा मोडालिटी परिवर्तन गर्दै जनजीवन सहज बनाउन प्रस्ताव गरिए पनि त्यसको अनुभवका आधारमा लकडाउनको स्वरुप दोस्रो तहमा लैजाने योजना छ । समितिले असार एक गतेपछि विभिन्न ६ चरणमा ७० दिनमा चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने प्रस्ताव गरेको छ ।

प्रस्तावलाई आजै साँझ बस्ने मन्त्रीपरिषद बैठकवाट पारित गर्ने तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*