नेकपाको बोलायो सचिवालय बैठक, एमसीसीबारे निर्णय लिन सक्ने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भोलिका लागि सचिवालय बैठक बोलाएको छ । अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे छलफल गर्न बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भोलि सोमबार अपरान्ह चार बजेका लागि बैठक बोलाएको हो।
गत शनिवार बसेको सचिवालय बैठकले अर्को बैठकबाट एमसीसीबारे पार्टीको आधिकारीक धारणा बनाउने निष्कर्ष निकालेको थियो।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलि सोमबारको बैठकमा एमसीसीबारे छलफल हुनसक्ने बताए । उनले भोलिका लागि बैठक बोलाईएको तर बिषर्य बारे जानकारी नगराएको बताए ।
पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पनि एमसीसीबारे छलफलका लागि बैठक बोलाइएको हुन सक्ने बताए।
नेकपामा एमसीसी करिब एक वर्षदेखि विवादित छ। अघिल्लो शनिवार बसेको बैठकले एमसीसी संसदबाट पारित नहुँदासम्म एमसीसी सम्बन्धी सबै काम रोक्न निर्णय गरेको थियो।