भारतलाई हराउदै मानन्धर काता च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । भारतलाई पछि पार्दै कराते खेलाडी तथा प्रशिक्षक रविन्द्र मानन्धर सद्गुरु मास्टर्स अनलाइन कराते काता च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । उनले सेमिफाइनलमा भारतका खेलाडीहरुलाई हराउदै कराते काता च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका हुन् ।
नेपालबाट उक्त च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने मानन्धर एक्ला खेलाडी हुन् ।
३५ देखि ४५ वर्ष उमेर समूह ‘ए’ मा रहेका २१ प्रतिद्वन्दीलाई पछि पार्दै मानन्धरले फाइनल यात्रा तय गरेका हुन् । अब उनले उपाधीका लागि फाइनलमा स्पेनका खेलाडीको सामना गर्ने छन् ।
विश्व कराते महासंघ र एसियाली कराते महासंघको नियममा खेलाइएको अनलाइनल काता च्याम्पियनसिपमा ३५–४५, ४५–५५, ५५–६५ वर्ष उमेर र कुबुदो गरी ४ विधामा खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।
अनलाइन कराते काता च्याम्पियनसिप भारतको केरला कराते संघको आयोजनामा भएको हो ।
एक महिनादेखि सञ्चालन भइरहेको च्याम्पियनसिपमा जापान, भारत, स्पेन, श्रीलङ्का, नेपाल, फिलिपिन्स, भियतनाम, भनेजुयला लगायतका राष्ट्रको सहभागिता रहेको थियो ।