सत्ता, शक्ति र पैसाको भरमा चलेको समाज
मकवानपुर । नेपाली समाजमा अझैपनि विभिन्न विकृतीहरु ब्याप्त छन् । नेपाली समाजमा हुर्केर काम गर्न जति असहज छ त्यो भन्दा बढी त्यस समाज भित्रका सोच , विवेक, दृस्टी नियाल्न धेरै कठिन छ ।
समाजमा हुने परेका गरिबी भित्रको पीडा, समाज भित्रको ब्यथा, अझ भनौं आफ्नै परिवार भित्रकै छोरा र छोरी बिचको असमानता , असमझदारी र विभेदले सिङ्गो मुलुकलाई नकारात्मक टिप्पणी गर्न बाध्य बनाएको छ । धनिले गरिविलाई गर्ने थिचोमिचो, जातका आधारमा हुने विभेदले त झनै यो समाजलाई खोक्रो बनाइ सकेको छ । आदर्शका कुरमा गर्नेहरु समेत यो समाजबाट अछुतो रहन सकेका छैन् ।
महिला माथी हुने गरेका हिंसा, घर भित्र वा बाहिरबाट हुने गरेको दुव्र्यवहार हाम्रो समाजमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा छर्लङ्ग देख्न सकिनछ । सत्ता र पैसाको आडमा उच्च तहका व्यक्तिहरुले पनि यस्ता समस्यालाई प्रसय दिएको देखिन्छ । सत्ता र पैसाको खेलमा लिप्त रहेका आफुलाई सर्वमान्य मान्नेहरुबाट नै बिशेष गरि समाजमा हिंसा तथा शोषणका घटना हुने गरेको पाईन्छ ।
पछिल्लो समय हाम्रो समाजमा घटेका घटना क्रमलाई हेर्ने हो भने पनि यसबारे प्रष्ट हुन सकिन्छ । हाम्रो समाज सत्ता, शक्ति र पैसामा चलेको छ भन्दा पनि फरक पदैन । पहुच हुने र सक्नेले जे गरे पनि छुट छ हाम्रो समाजमा । पैसा र शक्तिको आडमा भएका असमाजिक घटना खोज्न हामी धेरै टाढा जानै पर्दैन । हाम्रै घर वरपर छापछाप्ती भेटिन्छन् यसता घटना र घटनाका प्रतिनीधि पात्रहरु ।
शक्तिकै आडमा समाजका हरेक निम्न वर्ग माथी हुने गरेका शारीरिक मात्र नभइ, सामाजिक , मानसिक सबै प्रकारका दमन हुने गर्दछ्न् । यस्ता शोषणहरु नेपाली समाज भित्र थुपै देख्न सकिन्छ । कतिपय अवस्थामा त अप्रत्यक्ष रुपमा त्यस्ता घटनाको प्रत्यक्ष पात्र वा स्वयं सो घटनाको सिकार हुन् बाध्य रहेका हुन्छौ । अझै पनि नेपाली समाजमा हुने जातका आधारमा गरिने विभेद , अन्य हिंसाहरुलाई समाज भित्रको जडै बाट उखेल्न सकिएको छैन ।
यस्ता घटना रोकथाम तथा न्युनिकरणका लागि केही थान कानुन बनेका छन् तर ती कानुन पनि कागजमा मात्रै सिमित रहेका छन् । केही नियम पद्धतिलाई समाज भित्रको सचेत युवा समुहले व्यबहारमा लागू गर्न नसक्नु नै यो समस्याको मुल जड हो । कानुनी राज्यको कुरा गर्दै गर्दा कतिपय अवस्थामा कानुनले नै कानुन मिचेको देख्न सकिन्छ भने कतिपय अवस्थामा कानुनै कानुनको खोजिमा हिडुने गरेको छ ।
विभेदहरुको अन्त्य गर्न सर्बप्रथम समाज भित्रको युवा अझ भनौं घर भित्रका सदस्यले नै सकारात्मक सोच , बिचार राख्न जरुरी हुन्छ । आफ्नो परिवार र समाजालाई सहि बाटोमा डोर्याउन अहिलेका युवाले नै पहल गर्न सक्नु पर्दछ । समाजका रहेका विज्ञहरुलाई प्रेरणको रुपमा लिएर अघि बढ्र्न सक्नु पर्दछ ।
एकाईशौ शताब्दीमा जातीय हिंसाजस्ता अमानवीय, हिंसात्मक अपराधी मुलक क्रियाकलापलाई हामी सबै सचेत नागरिकको हैसियतले यस्ता गतिविधिहरुको जनचेतना जगाउदै समाज भित्रका हरेक वर्ग संघर्षमा लड्न, अधिकार खोज्न हिम्मत गर्दै कुशल समाज बनाउन मद्दत गर्नु पर्दछ ।
असल समाजको परिकलपना मात्रे हैन् सो समाज निमार्णका लागि अग्र पक्तिंमा रहेका जोखिमको सामना गर्न सक्नु नै आजको आवश्यकता हो ।
लेखकः रामकृष्ण शिवाकोटी
(विद्यार्थी नेता अनेरास्ववियू मकवानपुर/अध्यक्ष अनेरास्ववियू (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस समिति)