संघीय सरकारलाई दोष थोपर्दै स्थानीय सरकार, कृषकको पीडा कसले सुन्ने

हेटौडा न्युज
२७ जेष्ठ २०७७, मंगलवार २२:१७
;

मकवानपुर । यति बेला मकवानपुर लगायत देश भरका कृषक मारमा परिरहेका छन् । एका तिर लकडाउनका कारणले उत्पादित कृषि उपज बिक्री नहुनाले समसयामा परेका कृषकलाई अब मल नपाउने पिरलो थपिएको छ ।
मकवानपुरका कृषकहरुको समय अहिले खेत बारीमा भन्दा बजारमा बढि बितने गरेको कृषकहरु बताउछन् ।

गाउँ खेतिपाती छ बजारमा मल वितरण गर्ने सरकारको यो कस्तो पारा हो भन्दै कृषकहरुले आक्रोश समेत पेखेमकका छन् ।

गत दश दिनदेखि निरन्तर कृषि मलका लागि हेटौंडा बजारका गल्ली गल्ली चाहारेको एक कृषकले गुनासो गरे ।

गाउँ गाउँमा सिहदरवार भन्दै सरकारले देशमा संघियता कार्यान्वयनको चरणमा छ । सबै स्थानिय तहलाई प्रर्याप्त अधिकार दिएको अभिव्यक्ति जनप्रतिनीधिहरुले नै दिदै आएका छन् । तर जनतालाई भने अझै पनि पुरानो समस्याले छोडेको छैन् ।

केहिदिन देखि हेटांंडामा कुषि मल नपाएकोमा कृषकहरुको तिब्र विरोध भइरहेको छ । प्रत्येक दिन जसो हेटौंडामा कृषकहरुमको समय विरोध गरेरै वित्छ । देशमा तिन तहको सरकार छ । सरकारका प्रतिनिधि पनि जनताले चनेका छन् । जनतको काम गर्छौ भनि भोट माग्दै हिडेका जनप्रतिनिधि नै यो असहज परिस्थितिमा जनतालाई सहयोग गर्नुको साट्टो उल्टो सरकारलाई दोष दिदै हिडेका छन् ।

मकवानपुरको भिमफेदी गाउँपलिका अध्यक्ष हिदम लामाले कृषकले मल नपाउनु सरकारको कमजोरी भएको भन्दै सरकारलाई दोष थुपारे । आफू गाउँपालिकाको अध्यक्ष (एक स्थानीय सरकार) को हैसियत समेत ख्याल नगरी सार्वजनिक रुपमा सरकारलाई दोष दिनुले कृषकलाई थप निराश बनाएको छ ।

कृषकले समयमा मल नपाउनु सरकारले निजी क्षेत्रलाई नाफा कमाउने गरी नीति ल्याएकाले यस्तो अवस्था आएको अध्यक्ष लामाले बताएका छन् । अध्यक्ष लामा अनुसार नियमन गर्ने निकायले काम नगरेको समेत गुनासो गरेका छन् ।

लकडाउनका कारण पर्याप्त मल नपाईएको भनिएपनि नियमन गर्ने निकायले ध्यान नदिदा किसानले दुख पाए उनले भने । सरकारले निजी क्षेत्रलाई नाफा हुने गरी वितरण गरिरहेको आरोप लगाउदौ उनले भने “यो मलको समस्या समाधानको काम हामी स्थानीय सरकारको होईन, संघीय सरकारको हो ।”

हुन त स्थानीय तह आफैमा एउटा बलियो सरकार हो । फेरि स्थानीय सरकारका जनप्रतिनिधिले नै सरकारलाई नै दोष लगाउदै हिड्नु चाहि कति सम्म गैरजिम्मेवार हो ।

कृषि मल संघीय सरकार मातहतको कुरा भए पनि स्थानीय सरकारको पहल नै मुख्य कुरा हो । आफुले पहल गर्नुको सट्टा उल्टै कुन सरकारलाई दोष दिदै छन् हाम्रा जनप्रतिनिधिहरु ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*