लकडाउनमा आजबाट के के खुल्छन् ?

हेटौडा न्युज
२९ जेष्ठ २०७७, बिहीबार १९:१०
;

काठमाडौं । सरकारले लकडाउनलाई केहि खुकुलो बनाएको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले लकडाउनलाई केहि खुकुलो बनाएको हो ।

सरकारले ८० दिन लामो लकडाउनपछि लकडाउन खुकुलो पार्ने योजना ल्याएको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो पार्ने २१ दिने योजना सार्वजनिक गरेको छ ।

त्यसअनुसार शुक्रबारदेखि उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र निजी सवारी साधन जोर बिजोर प्रणालीअनुसार चलाउन पाइने भएको छ । तर सार्वजनिक यातायातका साधन, अन्तरिक तथा बाह्य हवाई सेवा अहिले पनि बन्द नै रहनेछ ।

यस्तै, पसल र डिपार्टमेन्ट स्टोरहरू खोल्न पाइनेछ । तर सपिङ मलहरू खुला हुने छैनन् । रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिने छ भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरू बन्द नै रहनेछन् ।

सबै सरकारी, निजी र वित्तीय संस्थाका कार्यालय खुल्नेछन् । तर बिहान ८ देखि दिउँसो १ र दिउँसो १ देखि साँझ ६ बजेसम्म दुई सिफ्टमा चलाउनुपर्नेछ ।

विद्यालय तथा शैक्षिक संस्थाहरू भने बन्द रहनेछन् । सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ ।

सरकारका अनुसार सञ्चालन गर्न नपाइने क्रियाकलापहरू यस्ता छन्ः

१. शैक्षिक संस्थाहरु ९यसभित्र विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरू

२. अनुमतिप्राप्त बाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरू ।

३. तोकिएको बाहेक अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवत(जावत

४. सबै प्रकारका सभा, गोष्ठी, तालिम र सेमिनार ।

५. सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन ।

६. सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जनस्थल

७. सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडियाखाना ।

८. स्पा, सैलुन र ब्युटीपार्लर

१०. स्विमिङ पुल, जिमखानालगायतका हेल्थ क्लबहरू

११. सपिङ मलहरू

१२. समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुतिहरू

१३. सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरू

१४. यात्रुवाहक सार्वजनिक सवारी साधन । पर्यटक सवारी साधनसमेत ।

१५. काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सोहीसँग सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने निजी सवारी साधनबाहेकका अन्य निजी सवारी साधन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*