ललितपुरको बंगलामुखी क्षेत्रमा बम बिस्फोट

हेटौडा न्युज
३० जेष्ठ २०७७, शुक्रबार २२:३४
;

काठमाडौं । राजधानी काठमाडौंसँगै सिमाना जोडिएको ललितपुरको प्रसिद्ध धार्मिक स्थल बंगलामुखी क्षेत्रम आज राति साढे ९ बजे आसपास बम विष्फोटको आवाज सुनिएको छ ।

विप्लव नेकपाका जिल्ला कमिटी सदस्य श्याम बज्राचार्यको कोठाबाट केही सामान बरामद गरिएसँगै सेनाको बम डिस्पोजल टोली त्यस क्षेत्रमा पुगेको थियो । सोही क्रममा विष्फोट भएको हुनसक्ने अनुमान गरिएको छ ।

श्याम लकडाउनअघि गाबहाल क्षेत्रस्थित मिठाइ पसलअगाडि बम विष्फोट गराएदेखि नै कडा भूमिगत रहँदै आएका थिए । नागबहाल इखाछेंस्थित उनको डेरामा आज राति प्रहरीले बल्ल छापा मारी उनलाई समात्न सकेको हो ।

तीन–चार दिनयतादेखि शंखमूल आवास क्षेत्रवरपर एउटा फर्निचर पसलमा उनको आवतजावत बढ्दै गएको थियो । उनकी श्रीमतीको पछिपछि सुराक लगाउँदै जाने क्रममा श्याम आज समातिएको बताइन्छ ।

जनआस्थामा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*