नक्शा परिमार्जन प्रति हेटौंडामा खुशीयाली, यूवाको दीप प्रज्वलन

हेटौडा न्युज
३१ जेष्ठ २०७७, शनिबार २२:५४
;

मकवानपुर । प्रतिनिधि सभाले आज नेपालको वास्तविक नक्शालाई सर्वसम्मत रुपमा पारित गरेको छ । नेपालकै रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रहरु नेपालको आधिकारिक नक्शामा नरहेकाले सो क्षेत्रसहित समेटेर आज नक्शा परिमार्जन गरिएको हो ।

प्रनिनिधि सभाले आज नेपालको संविधानको दोश्रो संशोधन विधेयक मार्फत सो नक्शा परिमार्जन गरेको हो । ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ दुई तिहाइ भन्दा बढी मतले पारित भएको हो ।

प्रतिनिधि सभामा आज २ सय ५८ जना उपस्थित रहेका सबै सदस्यले संशोधनको पक्षमा मतदान गरेका थिए । केही दिन पहिले भारतले सो क्षेत्र समेटेर आफ्नो नक्शा सार्वजनिक गरेपछि यो विषय अझ पेंचिलो बन्दै गएको थियो । सन् १८१६ मा नेपाल र ब्रिटिशका बीच भएको महाकाली नदी भन्दा पूर्वका भूभाग नेपालको रहने सन्धी भएको थियो ।

प्रतिनिधि सभाले आज सर्वसम्मत रुपमा नेपालको नक्शा परिमार्जन गरेकोमा सबै राजनैतिक दलहरुलाई धन्यवाद दिदैं देशैभर खुशीयाली मनाईएको छ । यसै सन्दर्भमा हेटौंडमा पनि युथ अफ हेटौंडाले हेटौंडाको बुद्ध चौकमा दीप प्रज्वलन गर्दै खुशीयाली मनाएको छ । दीप प्रज्वलनमा उल्लेख्य मात्रामा सहभागीहरु उपस्थित रहेका थिए ।

दीप प्रज्वलनका तस्वीरहरु

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*