एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

हेटौडा न्युज
३२ जेष्ठ २०७७, आईतवार ०९:१६
;

काठमाडौं । एमसीसी परियोजनाबारे छलफलका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक आज आइतबार बस्दैछ । नेकपा सचिवालय बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।

आज बस्ने बैठकमा एमसीसी कार्यदलका सदस्य भिम रावल, प्रदीप ज्ञवाली र अर्थमन्त्री डा. युवराज खतिवडालाई आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ ।

कार्यदलले नै एमसीसी अहिलेकै रुपमा पारित हुन नसक्ने सुझाव दिइसकेको छ । उक्त सुझाव आएसँगै पार्टीभित्र थप विवाद र दबाब सिर्जना भएको बताइएको छ ।

यसअघिको बैठकमा पनि रावल, ज्ञवाली र खतिवडालाई बोलाएर एमसीसीबारे नेकपाले छलफल गरेको थियो ।

संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुङ्गो लगाउन नेकपामाथि दबाव छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।
स्रोतका अनुसार, सम्भवतः आजको बैठकबाट एमसीसीबारे टुंगो लगाउने नेकपाको तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*