म्याच फिक्सिङको आरोप लागेका ६ जनालाई सफाइ

हेटौडा न्युज
२ असार २०७७, मंगलवार १७:३९
;

मकवानपुर । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसहित ५ खेलाडी र एक अफिसियल चिकित्सकलाई सर्वोच्च अदालतले सफाइ दिएको छ ।
म्याच फिक्सिङको आरोपमा राज्य विरुद्धको मुद्दा खेपिरहेका पूर्वकप्तान सागर थापा र खेलाडीहरू सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री, प्रशिक्षक अन्जन केसी र चिकित्सक डेजिव थापालाई सफाइ दिएको हो।

न्यायाधीश आनन्द मोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले विशेष अदालतको फैसला सदर गर्दै सफाइ दिएको हो।विशेष अदालतले २०७५ जेठ २४ गते उनीहरुलाई निर्दोष ठहर गर्दै फैसला गरेको थियो । जसका विरुद्ध सरकारी वकिल कार्यालय काठमाडौं सर्वोच्च अदालत गएको थियो ।

सर्वोच्चले मंगलबार गरेको फैसलामा अन्जन केसीले समेत सफाइ पाएका छन् । केही समयपछि पनि २०७५ जेठ १५ मा सट्टा खेलाएको आरोपमा पक्राउ परेका थिए। उनी सहित गौरव तिवारी लगायतलाई अन्तर्राष्ट्रिय खेलमा सट्टा खेलाएको आरोपमा काठमाडौं प्रहरीले पक्राउ गरेको थियो।

महानगरीय अपराध महाशाखाले २०७२ असोजमा उनीहरुलाई अन्तर्राष्ट्रिय खेलहरुमा म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ गरेर कारबाही थालेको थियो । त्यतिबेला प्रहरीले विभिन्न अन्तर्राष्ट्रिय खेलहरुमा प्रति खेल जनही ५ हजार अमेरिकी डलर लिई हार्ने गरेको अनुसन्धानबाट खुलेको सार्वजनिक गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*