बनाउँदै गरेको पुल भाँचियो, इन्जिनियर घाईते

रुपन्देही । रुपन्देही जिल्लाको सियारी गाउँपालिका छपियामा पर्ने दानबखोलामा रहेको निर्माणधीन पुल भाँचिएको छ । निर्माण चरणमै रहेको सो पुल भाँचिदा पुल र्मिाणमा रहेको इन्जिनियर महेश्वर लम्साल घाइते भएका छन् ।
इन्जिनियर लम्साललाई लुम्बिनी सिटी अस्पतालमा लगिएको जनाईएको छ । पुलमा काम गरिरहेका अन्य मजदुरहरु भने हाम फालेर जोगिएका छन् ।
सडक डिभिजन बुटवलका अनुसार दयानगर र छपियाको बीचमा बन्दै गरेको पुललाई निलगिरी नेशनल जेभीले निर्माण ठेक्का पाएको थियो । अविरल बर्षाको कारण खोलामा आएकोले पुल भाँचिएको बताईएको छ ।