प्रधानमन्त्रीलाई ५ करोडको गाडी, गृहमन्त्रीसँग जवाफ माग
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका लागि खरिद गर्न लागिएको ५ करोडको गाडिबारे सांसद मिनेन्द्र रिजालले गृहमन्त्रीसँग जवाफ मागेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसल रिजालले गृहमन्त्री राम बहादुर थापा ‘बादल’ संग ५ करोड मूल्यको गाडीबारे जवाफ मागेका हुन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता रिजालले प्रधानमन्त्री ओलीका लागि ५ करोडको सुरक्षा सर्भिलेन्स सहितको गाडि खरिद प्रक्रिया अगाडि बढाएको बारे गृहमन्त्रीको जवाफ मागेका हुन्।
गाडी खरिद प्रक्रिया कोरोना महामारीका कारण फागुनदेखि रोकिएकोमा हालै नेपाल प्रहरीले अगाडि बढाएको खबर सञ्चार माध्यममा आएको भन्दै सांसद रिजालले आपत्ति जनाएका हुन्।
उनले खर्च गर्ने ठाउँ नपाएर गाडी खरिद गर्न लागेको भन्दै आपत्ति जनाए।











