थप ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
९ असार २०७७, मंगलवार १६:४४
;

काठमाण्डौ । नेपालमा थप ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप पाँच सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यससंगै नेपालमा कोरोना सङ्क्रमितको १० हजार ९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मुलुकभर कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा ८ महिला र ६८ पुरुष गरी ७६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्।

योसँगै ८९ महिला २ हजार ३५ पुरुष गरी २ हजार २ सय ३४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*