ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो

ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाको मानेभज्याङ गाउँपालिका वडा नम्बर–६ देउराली भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको सोलु ३३ केभीए प्रसारण लाईनको तारको काम गरेर फर्कदै गरेको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनाबाट चालक भारत पश्चिम बंगालका २७ बर्षीय संजय बरमनको ज्यान गएको हो ।
दुर्घटनामा गम्भिर घाईते भएका उनको उपचारका क्रममा दिउँसो ओखलढुंगा सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिएका छन् ।
दुर्घटना स्थल सिद्धिचरण राजमार्ग अन्तरगत मानेभज्याङ गाउँपालिकामा पर्दछ । सडकबाट ट्याक्टर करीब ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा परेको सवारीको नम्बर खुलेको छैन ।