हेटौंडा उपमहानगरको बजेट २ अर्ब ८ करोड

हेटौडा न्युज
१० असार २०७७, बुधबार १३:५०
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आज आफ्नो सातौं नगर सभाबाट आर्थिक बर्ष २०७७/०७८ का लागि अनुमानित बजेट प्रस्तुत गरेको छ । उपमहानगरले २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । नगर सभामा उपमहानगरका उपप्रमुख मीनाकुमारी लामाले अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा उपमहानगरले ढल व्यवस्थापन, सरसफाई, विपद व्यवस्थापनका लागि ४ करोड, ७१ लाख रुपैयाँ, संस्थागत सेवा र सुशासनका लागि ३ करोड ५४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

उपमहानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ २३ करोड १४ लाख रुपैयाँ खर्चको अनुमान गरेको छ ।

आज प्रस्तुत बजेटमा कृषि प्रवद्र्धन लागि २ करोड रुपैयाँ बजेट रकम विनियोजन गरेको छ । संक्रमण रोग रोकथाम नियन्त्रण र उपचार अन्तर्गत नगरवासी कोरोना संक्रमणबाट मृत्यु भएमा उनको परिवारलाई राहत स्वरुप ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको सातौं नगर सभालाई मुख्यमन्त्रि पौडेलले प्रस्तुत बजेट समग्रमा सन्तोषजनक रहेको बताएका छन् ।

मुख्यमन्त्री पौडेलले व्यवस्था परिवर्तन भएपनि काम गर्ने शैली र सोच पुरानै भएकाले यसमा पनि परिवर्तन गर्दै जनताको सेवालाई चुस्त राख्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

सातौ नगर सभाले उपमहानगरमा लामो समय सेवा गरेका कर्मचारीहरुलाई सम्मान गरेको थियो । सभाले अग्रज पत्रकारका रुपमा नवराज शर्मा, विकास पत्रकारिता तर्फ कृष्ण उदास खनाल, सुवास विडारी, सुदिप शिवाकोटी, सरीता दाहाल र सुरेश श्रेष्ठलाई पुरष्कृत गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*