बागमती गाउँपालिकाको आएन बजेट

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाले आगामी आव २०७७/०७८ को बजेट असार २० गतेमात्रै सार्वजनिक गर्ने भएको छ । नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले सहभागिता नजनाउने भएपछि गाउँपालिकाले गाउँ सभा राख्न नसकेको हो ।
गाउँपालिकाका अध्यक्ष सर्केश घलानले आगामी असार २० गते मात्रै बजेट सार्वजनिक हुने बताएका छन् ।
मकवानपुरको अन्य स्थानीय तहले हिजो बुधबार आफ्नो निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरीसकेका छन् ।