बासुदेव सभागृहमा भ्युटावरसहितको कम्प्लेक्स

हेटौडा न्युज
११ असार २०७७, बिहीबार १७:५८
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले हिजो बुधबार आफ्नो नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको थियो । प्रस्तुत नीति तथा कार्यक्रममा हेटौंडा–४ मा रहेको बासुदेव सभागृहको स्थानमा आधुनिक सुविधा सम्पन्न बहुउद्देश्यीय व्यापारिक कम्प्लेक्स बनाउने भएको छ ।

उपमहानगरका उपमेयर मिनाकुमारी लामाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको ४३ औं बुँदामा व्यापारिक कम्प्लेक्स सहित भ्युटावर निर्माणका लागि विस्तृत परियोजना (डिपिआर) तयार गरिरहेको बताइएको छ ।

यसअघि पनि सो स्थानमा व्यापारिक कम्प्लेक्स बनाउने विषयमा पक्ष र विपक्षमा बहस चल्दै आएको छ ।

उपमानगरपालिकाले आफ्नो सातौं नगरसभा मार्फत हिजो २ अर्ब ८ करोड रुपैया बढिको अनुमानित बजेट सार्वजनीक गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*