पत्रकार एवम् साहित्यकार साहको ‘बज्जिका ब्याकरण’ लोर्कापण

हेटौडा न्युज
१७ असार २०७७, बुधबार १६:४५
;

रौतहट । साहित्यकार एवम् पत्रकार सञ्जय साह र रामआधार पासवानद्वारा लिखित बज्जिका ब्याकरण नामक पुस्तकको लोर्कापण गरी आज बुधबार सार्वजनिक गरीएको छ ।

गढीमाई नगरपालिकाका मेयर स्याम प्रसाद यादव, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सल्लाहकार गिरिजा अधिकारी र नागरिक दैनिकका रौतहट संवाददाता मदन ठाकुरले सो पुस्तकको लोर्कापर्ण गरेका हुन् ।

पुस्तक लोकापर्णपश्चात गढीमाई नगरपालिकाका मेयर यादवले उक्त पुस्तकले बज्जिका भाषाको विकासमा महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

साहको यसअघि पनि ८ वटा कृतिहरु सार्वजनिक भइसकेका छन् ।

लामो समय पत्रकारिता र साहित्य क्षेत्रमा कलम चलाउँदै आएका साह गोरखापत्र दैनिकका बज्जिका भाषाका समाचार संयोजक र तु खबर डटकमका स्तम्भकारसमेत हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*