वडाध्यक्षले महिलालाई दुव्र्यवहार गर्दा पक्राऊ

कञ्चनपुर । भीमदत्त नगरपालिकाकी एक महिलालाई दुव्यवहार गरेको आरोपमा वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष राम नाथलाई महिला दुव्र्यवहारको आरोमा पक्राउ गरेको हो ।
मदिरा सेवन गरेर स्थानीय एक महिलालाई अपशब्द बोल्दै हातपात समेत गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापाले बताएका छन् ।
महिलामाथि वडाध्यक्षले दुर्व्यवहारको गरेको भन्दै स्थानीयहरुले इलाका प्रहरी कार्यालय, ब्रह्मदेव अगाडी कार्वाहीको माग गर्दै नाराबाजी समेत गरेका गरेका थिए । प्रहरीले नियन्त्रणमा लिएका वडाध्यक्ष राम नाथलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ ।