भारतमा ८ प्रहरीको हत्या, उत्तरप्रदेशको सबै नाका बन्द

भारत । भारतको कानपुरमा ८ जना प्रहरीको हत्या भएको छ । हिजो बिहीबार राति करिब १ बजे अज्ञात समूहले अन्धाधुन्द गोली चलाउँदा प्रहरीका १ डिएसपी, ३ इन्स्पेक्टरसहित ८ जना प्रहरीहरु मारिएका छन् ।
घटनामा केही प्रहरीहरु घाइते भएका छन् भने उनीहरुको उपचार कानपुरको रिजेन्सी अस्पतालमा भईरहेको छ ।
आक्रमण फरार अभियुक्त विकास दुवेको समूहबाट भएको प्रहरीको दाबी रहेको छ । आक्रमणकारी समूहले प्रहरीको हतियारसमेत लुटेको जनाईएको छ ।
घटनामा आक्रमणकारी समूहका तीनजना समेत मारिएका छन् । घटनापछि उत्तरप्रदेश सरकारले प्रदेश नाका सबै बन्द गरेको जनाएको छ ।
एजेन्सी