प्रधानमन्त्री ओलीको पक्षमा हेटौंडामा प्रदर्शन

हेटौडा न्युज
२२ असार २०७७, सोमबार ०९:५५
;

मकवानपुर । प्रधानमन्त्री केपि शर्मा ओलीको पक्षमा हेटौंडामा प्रदर्शन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले हेटौंडामा प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन गरेका हुन् ।

नेकपा भित्र भइरहेको पछिल्लो राजनैतिक अवस्थाका कारण प्रधानमन्त्री ओलीकको राजिनामा माग गरिनु पार्टि एकता तथा स्थिरता विपरीत भएको भन्दै राष्ट्रिय युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईंको नेतृत्वमा प्रर्दशन भएको हो ।

प्रर्दशनमा उत्रीएका युवाहरूले आई एम विथ के पी ओली, मान्छेको शान बोलिले नेपालको शान ओलीले, अस्थिरता चाहिदैन सरकार ढाल्न पाइदैन, जस्ता नारा लगाएका थिए ।

पार्टि स्थिरता र एकताको पक्षमा भन्दै गरिएको प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री ओलीको मात्रै फोटो रहेको ब्यानर बोकेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*