मकवानपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
२३ असार २०७७, मंगलवार १६:५७
;

मकवानपुर । मकवानपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा गरिएको परीक्षणमा मकवानपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, पछिल्लो २४ घण्टामा किटजन्य रोक तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो ।

हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा २ जना र पाटन प्रयोगशालामा गरिएको परीक्षणमा १ जना गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*