मकवानपुरका व्यवसायीद्वारा बैंकहरुविरुद्ध हेटौंडामा प्रर्दशन

हेटौडा न्युज
२६ असार २०७७, शुक्रबार १७:४७
;

मकवानपुर । लकडाउनको अवधिमा व्यवसायीहरुलाई बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याज र किस्ता दाखिला गर्न दबाब दिएको भन्दै मकवानपुरका व्यवसायीहरुले हेटौंडामा प्रर्दशन गरेका छन् । लकडाउनको कारण व्यवसाय ठप्प भएर दैनिकी चलाउन समेत गाह्रो परेको अवस्थामा बैङ्कहरुले ऋणको ब्याज र किस्ता दाखिला बारम्बार दवाव दिएकाले मकवानपुरका व्यवसायीहरुले हेटौँडाको मुख्यचोकमा प्रर्दशन गरेका हुन् ।

विभिन्न नारा अंकित प्लेकार्ड सहित व्यवसायीहरुले मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा हेटौँडाको मुख्यचोक बुद्ध चोकमा भेला भएर प्रदर्शन गरेका हुन।

प्रर्दशन पछि व्यवसायीहरुले मकवानपुर उद्योग वाणिज्य संघमा पत्रकार सम्मेलन समेत गरेका थिए ।

मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ मकवानपुर, होटल व्यवसायी संघ मकवानपुर, निर्माण व्यवसायी संघ, प्याव्सन मकवानपुर, एनप्याव्सन मकवानपुर, नारायणी यातायात व्यवसायी संघ, नारायणी यातायात कम्पनि प्रा.लि, सार्वजनिक यातायात लगायतका अन्य व्यवसायीहरुको सहभागिता रहेको थियो ।

मकवानपुर उद्योग वाणिज्य संघमा हिजो बिहिबार भएको सर्वपक्षिय छलफलले बैंक तथा वित्तिय सस्था विरुद्ध प्रर्दशन गर्ने निर्णय गरेको थियो ।

विरोध प्रर्दशनमा बोल्दै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले लकडाउनको कारण व्यवसाय नभएर समस्यामा रहेका व्यवसायीलाई बैंक तथा वित्तिय सस्थाले ऋणको ब्याज र किस्ता दाखिला गर्न दिनदिनै दबाब दिन थालेपछि बाध्य भएर प्रर्दशन गरिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*