थाहा नगरपालिका देशकै उत्कृष्ट, संघीय मन्त्रालयबाट पुरस्कृत

हेटौडा न्युज
३१ असार २०७७, बुधबार १५:१५
;

मकवानपुर । थाहा नगरपालिका आर्थिक अनुशासन कायममा देशकै उत्कृष्ट स्थानीय तह भएको छ । देशैभरि रहेका ७ सय ५३ स्थानीय निकायहरुमध्ये मकवानपुरको थाहा नगरपालिका उत्कृष्ट भएको हो । आर्थिक वर्ष २०७४÷०७५ को बेरुजु अंकको ९६ दशमलब ०६ प्रतिशत फछ्र्यौट गरेको छ ।

हिजो आषाढ ३० गते नेपाल सरकार सचिवस्तरको निर्णयले बेरुजु फर्छ्यौट गरेकोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुरस्कृत गरेको समेत गरेको छ । महालेखा परीक्षकको कार्यालयको अन्तिम लेखा परीक्षणमा ४ प्रतिशत भन्दा कम बेरुजु हुने कार्यालयमा आर्थिक अनुशासन राम्रो भएको मानिन्छ ।

थाहा नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा बेरुजु जम्मा २ दशमलब ५४ प्रतिशत मात्र कायम गरेको छ । थाहा नगरपालिकाको आर्थिक वर्ष २०७४÷०७४ सम्मको नियमित गर्नुपर्ने १४ लाख ७१ हजार, असुल गर्नुपर्ने ६४ लाख ४ हजार र पेश्की ७६ लाख ८९ हजार गरी जम्मा १ करोड ५५ लाख ६५ हजार पेश्की बाँकी भएकोमा नियमित गर्नुपर्ने १४ लाख ७१ हजार, असुल गर्ने ६० लाख १३ हजार र पेश्की फर्छ्यौट ७४ लाख ६७ हजार गरी कुल १ करोड ४९ लाख ५२ हजार बेरुजु फर्छ्यौट भएको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताएका छन् ।

आफ्नो नगरपालिका उत्कृष्ट भई पुरस्कृत भएकोमा नगरप्रमुख लवशेर विष्टले यस कार्यमा उल्लेखनीय योगदान पु¥याउनुहुने कर्मचारी, स्थानीय नागरिक, सञ्चारजगत, राजनैतिक दल सहित सबैमा आभार व्यक्त गरेका छन् ।

देशका सबै स्थानीय निकायहरुमा थाहा नगरपालिका अघिल्लो आर्थिक बर्ष चौथो भएको थियो । पुरस्कृत हुने स्थानीय निकायमा थाहा नगरपालिका एक मात्र स्थानीय निकाय हो ।

मन्त्रालयले नगरपालिकामा आर्थिक अनुशासन कायम गर्न सफल भएकोमा प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी र लेखा अधिकृत विष्णु भुसाललाई जनही ५ हजार रुपैयाँ पुरस्कार र सम्मान पत्र प्रदान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*