नेकपाले बोलायो सचिवालय बैठक

हेटौडा न्युज
२ श्रावण २०७७, शुक्रबार १४:१५
;

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार बोलाइएको छ ।

दुई दिनका लागि स्थायी समिति बैठक स्थगित गरेको नेकपाले साउन ३ गते सचिवालय बैठक बोलाएको हो ।

स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागेपछि बल्झिएको नेकपाभित्रको विवादका कारण असार १८ गतेदेखि स्थगित भएको स्थायी समिति बैठक बस्न सकेको छैन।

गत असार ६ गतेदेखि सचिवालय बैठक बसेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*