प्रचण्डलाई प्रधानमन्त्री ओलीको जवजको ‘लालिपप’

हेटौडा न्युज
५ श्रावण २०७७, सोमबार १५:०६
;

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको बहुदलीय जनवाद’ स्विकार गरे प्रचण्डलाई पार्टिको एकल अध्यक्ष बनाउन आफु तयार भएको बताएका छन् । सत्तारुढ नेकपा अध्यक्ष तथा प्रधान्मन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी कार्यदिशाको रुपमा ‘जनताको बहुदलीय जनवाद’ स्वीकार गरे महाधिवेशन पछिको एकल अध्यक्ष बनाउन आफू तयार रहेको बताएका हुन्।

सोमबार पूर्व माओवादी तर्फका स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा अध्यक्ष प्रचण्डले ओलीबाट आएको सो प्रस्तावबारे ब्रिफिङ गरेका थिए।

प्रचण्डले सुरुमा सबै नेताहरुलाई ओलीसँगका छलफलहरु, राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटबारेमा ब्रिफिङ गरेका थिए । ब्रिफिङका क्रममा प्रचण्डले भने ओलीले महाधिवेशन पछिको एकल अध्यक्ष बन्ने भए जबज स्वीकार गर्नुपर्ने शर्त राखेको बताएका थिए।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरी नेकपा गठन गर्दा तत्कालीन कार्यदिशा जनताको जनवाद रहने सहमति गरिएको थियो।

तत्कालीन एमालेको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको एक्काइसौं शताब्दीको जनवादलाई मिलाएर तत्काल जनताको जनवाद बनाउने सहमति भएको र महाधिवेशनपछि मात्रै पार्टीको कार्यदिशा तय गर्ने सहमति भएको थियो।

अहिले प्रचण्ड र पार्टीका वरिष्ठ नेता माधव नेपाल तथा झलनाथ खनाल लगायतको समुहले ओलीलाई प्रधानमन्त्री र अध्यक्षमध्ये कम्तिमा एक पदबाट छाड्नुपर्ने माग गरिरहेका बेला पछिल्लो समय ओलीले प्रचण्डसामु छिटो महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्न तयार रहेको प्रस्ताव गरेका छन्।

सो प्रस्तावबारे खुमलटार भेलामा पूर्वमाओवादी नेताहरुले प्रचण्डलाई बैचारिक बैचारिक रुपमा प्रष्टता नभई महाधिवेशनमा जान नहुने सुझाव दिएका छन्।

उनीहरुले बैचारिक आधारमा सहमति नजुटी महाधिवेशनमा जाने कुरा सान्दर्भिक नहुने भन्दै नेतृत्वले सुझवुझपूर्ण निर्णय गर्नुपर्ने सुझाव दिएका छन्।

प्रधानमन्त्री ओलीको प्रस्ताव पछि फर्कनेगरी आएको भन्दै यस्ता गम्भीर विषयमा छलफल गर्दा पार्टी कमिटीमा निर्णय हुनुपर्ने समेत बैठकले निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री ओलीले नै समस्या समाधानको पहल लिनुपर्ने र स्थायी कमिटीको मंगलबारका लागि तय गरिएको बैठक कुनै हालतमा रोक्न नहुनेमा अध्यक्ष प्रचण्ड पनि सहमत रहेका छन्।

नेकपाको स्थायी कमिटीको बैठक छिटो भन्दा छिटो टुंगो लगाउन पनि नेताहरुले सुझाव दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*