सुशासन सम्बन्धी विधेयक बागमती प्रदेश सभाबाट पारित

मकवानपुर । सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बागमती प्रदेश सभाले सर्वसमतिमा पारित गरेको छ । बागमती प्रदेश भित्रको सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सोमबार बसेको प्रदेश सभा बैठकबाट पारित भएको हो ।
उक्त विधेयक सोमवार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पारित गरियोस् भनि बैठकमा पेश गरेका थिए ।
मुख्यमन्त्री पौडेलले उक्त विधेयकको छलफलमाथि उठेको प्रश्नको जवाफ दिँदै प्रदेशमा सुशासन ल्याइ जनताहरुलाई शान्ति–सुरक्षा प्रदान गर्न र विकासको पूर्वाधारलाई तत्काल कार्यान्वयन गर्ने कार्यलाई ऐनले दिएको अधिकार प्रयोग गरी आफ्नो जिम्मेवारी पुरा गर्न उक्त विधेयकले सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।
उनले सरकारको नीति कार्यक्रमलाई पारर्दशी र निष्पक्ष ढंगबाट कार्य सम्पादन गर्न चालु आव २०७७र०७६ को लागि सरकारले कार्य सम्पादन करार सम्झौता गरिएको पनि बताए ।