नेकपा स्थायी कमिटी बैठक १३ गते सम्मको लागि स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक १३ गतेसम्मको लागि स्थगित भएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा केही मिनेट बसेको बैठक मुलुकभर परेको बाढी, पहिरोको कारण एक हप्ताका लागि स्थगित गरिएको हो ।
सोमबारदेखि जारी अविरल वर्षाका कारण बाढी पहिरोमा परेकाको उद्धार र राहतमा जुट्ने प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको हो ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए ।