मकवानपुरका पूर्व सिडिओ बागमती प्रदेशको मुख्य सचिव

हेटौडा न्युज
७ श्रावण २०७७, बुधबार ०८:२४
;

मकवानपुर । बागमती प्रदेशको मुख्य सचिवमा मानबहादुर विश्वकर्मा आउने भएका छन् । नेपाल सरकारले सचिवमा केही दिन अघि बढुवा गरिएका मानबहादुर विश्वकर्मालाई बागमती प्रदेशको प्रमुख सचिवमा सरुवा गरेको छ ।

सचिव विश्वकर्मा मकवानपुरमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रुपमा कार्यररत रहिसकेका छन् । गत साउन ५ गते बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । निर्णय अनुसार हालका बागमती प्रदेशका प्रमुख सचिव तोयम् राय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् ।

मन्त्रीपरिषद्ले गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई शिक्षा मन्त्रालयमा, विष्णु नेपाललाई गण्डकी प्रदेशको प्रमुख सचिवमा सरुवा गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*