सुनको भाउमा रेकर्ड, आज तोलाको ९५, ८०० रुपैयाँ

हेटौडा न्युज
९ श्रावण २०७७, शुक्रबार १२:३४
;

काठमाडौंं । सुनको भाउले फेरि नयाँ किर्तीमान कायम गरेको छ । सुनको भाउ आज एकैदिन तोलामा १३ सय रुपैयाँले बढेको छ । यससँगै सुनको मुल्य ९५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर आज तोलाको १ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । चाँदी अस्ति तोलामा ९५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ३५ रुपैयाँ निर्धारण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*