२९ वर्षीय महिला मृत अवस्थामा फेला

सुर्खेत । सुर्खेतको जंगलमा २९ वर्षीय महिला मृत अवस्थामा फेला परेकी छिन् । शव नारायण नगरपालिका–१ दैलेख घर भई हाल वीरेन्द्रनगरको इत्राममा डेरा गरी बस्ने कल्पना केसीको रहेको प्रहरीले जनाएको छ ।
वीरेन्द्रनगर नगरपालिका–१२ स्थित नेवारको जंगलमा महिलाको शव भेटिएको सुर्खेत प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।