थप १ सय ३३ जना कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १ सय ३३ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा सो संख्याको संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो संँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ ।
त्यस्तै थप १ सय ७ जना कोरोनाबाट मुक्तभई डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ ।
४४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।