श्रीमतीले गरिन् श्रीमानको हत्या

प्युठान । श्रीमतीले आफनै श्रीमानको हत्या गरेकी छन् । प्युठानको नौवहिनि गाउँपालिका– ५ डामृमा शनिबार राति स्थानीय २९ वर्षीया दिवा सुनारले श्रीमान ३१ वर्षीय ज्ञानबहादुर सुनारको हत्या गरेको प्रहरीले जनाएको छ ।
गएराति दिवाले आपसी झगडामा श्रीमानको हत्या गरेकी हुन् । शरीरभर चोटहरु देखिएका छन् ।
यसअघि श्रीमान र श्रीमतीबीच राम्रो सम्बन्ध नभएको, पटक पटक विवाद र झगडा हुने गरेको स्थानियको भनाई छ । दिवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान थालेको बताएको छ ।