हेटौँडाका दुई जनामा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
११ श्रावण २०७७, आईतवार ०७:०९
;

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाब संकलन गरि हेटौंडा स्थित प्रयोगशालामा पठाइएकोमा दुवैजनामा कोरोना पुष्टि भएको हेटौंडा आइसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाईंले बताए ।

चौलागाइका अनुसार हेटौँडा –३ बसामाडीका ४७ बर्षीय पुरूषमा र मनहरी–६ का ५० बर्षीय एक पुरूषमा कोरोना पुष्टि भएको हो

संक्रमित ४७ वर्षीय पुरुष बहराइनबाट नेपाल आई होम क्वारेन्टीमा बसेका थिए । उनलाई अहिले आईसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको चौलागाईंले बताएका छन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*