बिहे गरेर अमेरिका लैजान्छु भन्दै ठगी गर्ने दुई युवती पक्राउ

हेटौडा न्युज
११ श्रावण २०७७, आईतवार १६:१२
;

काठमाडौं । बिहे गरेर अमेरिका लैजान्छु भन्दै ठगी गर्ने दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको काठेखोला गाउँपालिका २ घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका भिलेज कोलोनीमा बस्ने कोपिला शर्मा र अमिसा केसीलाई रहेकी छिन् ।

यसअघि उनीहरु रुपन्देहीको बुटवलमा लुकेर बस्दै आएको प्रहरीले जनाएको छ ।

फेसबुकलगायत सामाजिक सञ्जालमार्फत दुई युवतीले आफू अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएको र बिहे गरेपछि अमेरिका लैजाने भन्दै ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनीहरुले ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*