लिम्पियाधुरा क्षेत्र दाबी गर्दै नेपाललाई भारतको पत्र

हेटौडा न्युज
१२ श्रावण २०७७, सोमबार १५:१३
;

काठमाण्डौ । भारतले लिम्पियाधुरा क्षेत्र आफ्नो भएको दाबी गर्दै नेपाललाई पत्र पठाएको छ । भारतको धार्चुला प्रशासनले गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्र आफ्नो भएको दाबिका साथ पत्र पठाएको हो ।

भारतले त्यस क्षेत्रमा नेपालीको अवैध प्रवेश भइरहेको र त्यसबारेमा जानकारी गराउन भन्दै नेपालको जिल्ला प्रशासन कार्यलय दार्चुलालाई पत्र पठाएको छ ।

जुलाई १४ मा भारतलाई पठाएको पत्रमा सो क्षेत्रमा नेपालीहरुको समूह अवैध रुपमा लुकीछिपी सीमा पार गरेर आउन चाहेको बताएको छ । भारतले त्यसबारे यथा सिघ्र जानकारी गराउन नेपाललाई भनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*