करेन्ट लागेर एक बालकको मृत्यु
सल्यान । करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । करेन्ट लागेर शारदा नगरपालिका–७ भट्टाचौरका १४ वर्षीय टोपेन्द्र बुढाथोकीको मृत्यु भएको हो ।
घर नजिकै आँपको रुखमा चढेका बालकको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनका अनुसार पोष्टमार्टमपछि बालकको शव परिवारलाई बुझाइएको छ ।