सुनको भाउ ९८ हजार २ सय रुपैयाँ
काठमाडौं । कोरोना सङ्क्रमणका कारण सुनको भाउले नयाँ रेकर्ड कायम गर्दै आएको छ । आज सुनको भाउ तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ बढेको महासंघले जनाएको छ ।
यस्तै चाँदी आज तोलामा ३५ रुपैयाँ बढेर तोलाको १२ सय ४५ रुपैयाँ पुगेको छ ।











