चेपाङका घर जलाएकोमा विभागको क्षमा याचना
काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवनको कुसुमखोलामा चेपाङका घर जलाएको प्रति माफी मागेको छ । विभागले चितवन राष्ट्रिय निकुञ्जको कुसुमखोलामा चेपाङ समुदायका घर जलाएको र हात्ती लगाएर भत्काउन लगाउनु गलत भएको भन्दै माफी मागेको हो ।
संघीय संसद प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेलले विभागको तर्फबाट सो घटनाप्रति माफी मागेका हुन् ।
कँडेलले उक्त घटना मानवीय गल्ती भएको भन्दै माफी मागेका हुन् ।
केहिदिन अघि निकुञ्ज प्रशासनले सो क्षेत्रमा बसेका चेपाङ समुदायका घर जलाउने तथा भत्काउने कायृ गरेको थियो । चौतर्फि विरोधपछि निकुञ्जको अमानविय कार्य प्रती विभागले क्षमा याचना गरेको हो ।
वन्यजन्तु र मानिसबीचको द्वन्द्व समाधान गर्नका लागि बस्ती सार्ने क्रममा कमजोरी भएको कडेंलले बताए ।