सरकारले परेवाभीरको बाटो नबनाए निजी लगानीमा बनाउँछु – बानियाँ
मकवानपुर । नेपाली कांग्रेसका जिल्ला सभापति तथा बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानीयाले परेवाभीरबाटै बाटो निर्माण गरिने दाबी गरेका छन् । नेता बानियाँले राक्सिराङ गाउँपालिका–५ स्थित परेवाभीरको बाटो सरकारले नबनाए आफैले निजी लगानीमा बनाउने बताएका हुन् ।
पार्टी कार्यालय हेटौंडामा आयाजित पत्रकार सम्मेलनमा बोल्दै नेता बाँनियाले आफ्नो बयक्तिगत खर्चमा भएपनि परेवाभिरबाट बाटो निर्माण गरिछाडने बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेता बानीयाले परेवाभिरको विकल्प परेवाभिरनै भएको भन्दै परेवाभिरको बाटो बनाउनको लागि प्रदेश सरकारसँग पहल गर्ने, यदि सकिएन भने ब्यक्तिगत खर्चमा भएपनि बाटो निर्माण गरिछाडने बताए ।
उनले भने ‘मैँले त्यही क्षेत्रबाट चुनाव लडेको हुँ, त्यहाँका जनताको समस्या मैँले समाधानको प्रयास गर्नुपर्छ, प्रदेश सरकारलाई धेरै पटक पहल गरेको छु, अझै गरिरहेको छु, यदि प्रदेश सरकारले त्यसमा चासो नदेखाए म निजी खर्चमा भनेपनि बाटो बनाएरै छाड्छु । ’
त्यहाँका जनता बाटो नहुँदा विभिन्न रोजगारीको अवसरबाट बञ्चित भएका छन्, गाँजा बोकेर जीवन धान्नुपर्ने उहाँहरुको बाध्यता अन्त्य गर्नुपर्छ । त्यसका लागि म निर्वाचन लड्न त्यहाँ गएको हुँ – उनले भने ।
कि गाँजालाई बैधानिकता दिलाउन पहल गर्छु, कि बाटो बनाएर रोजगारीको अवसर सृजना गरी परिवार पाल्नकै लागि गाँजा बोक्नुपर्ने त्यहाँका जनताको बाध्यता सधैँको लागि अन्त्य गर्नेछु । – उनले भने ।
त्यसैगरी राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले आफुले परेवा भीरको बाटो कुनैपनि हालतमा बनाउने अठोट लिएको बताए । उनले प्रदेश र संघीय सरकारसंग पनि पहल भइरहेको बताए । गाउँपालिकाबाट पनि आफुले सो भीरमा बाटो बनाउनको लागि सकेसम्म धेरै बजेट विनियोजन गर्ने बताए ।