बाँकेमा तीन दिनका लागि निषेधाज्ञा

बाँके । बाँकेमा आज एकैदिन २७ जना कोरोना संक्रमित थपिएसँगै बाँके जिल्ला प्रशासनले आइतबारदेखि निषेधाज्ञा जारी गर्ने भएको छ ।
जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को आज (बिहीबार)बसेको आकस्मिक बैठकले आगामी आइतबारदेखि ३ दिनका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
जोखिम बढेसँगै निषेधाज्ञा जारी गर्न लागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले नेपाल समयलाई जानकरी दिए ।