थप २ सय २४ जनामा कोरोना पुष्टि, १४ हजार ३ सय ९९ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ३ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या १९ हजार ७ सय ७१ पुगेको छ । पछिल्लो २४ घन्टामा १ सय ५१ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा निको भई डिस्चार्ज हुनेको संख्या १४ हजार ३ सय ९९ पुगेको छ ।
डिस्चार्ज भएसँगै प्रदेश–१ मा २ सय २२ जना, प्रदेश–२ मा २ हजार३४ जना, बागमतीमा ५ सय ७२ जना, गण्डकीमा ३ सय २४ जना, प्रदेश–५ मा ३ सय ८५ जना, कर्णालीमा २ सय ९६ जना, र सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ८३ जना सक्रिय संक्रमितहरू रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।