बागमती प्रदेशमा करोड ७ लगानीमा ७५ वटा पार्क
मकवानपुर । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले बागमती प्रदेशमा ७५ वटा पार्क निर्माण गरेको छ । मन्त्रालयले प्रदेशका १३ जिल्लामा सात करोड लगानीमा ७५ वटा पार्क निर्माण गरेको हो।
प्रदेश सरकारको “हरित अभियान” निर्माण अन्तर्गत पार्क निमार्ण गरीएको मन्त्रालयका सचिव शिवकुमार वाग्लेले जनाएका छन् । सचिव वाग्लेका अनुसार निर्माण भएका पार्कहरू सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरीने छ । उनले भने निर्माण भएका पार्कहरू सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रियामा रहेको छ ।
पार्क संरक्षण तथा दिगो विकासका लागि स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी गरीएको उनको भनाइ छ ।
मन्त्रालयले पर्यटन विकास आयोजनामार्फत काठमाडौंमा १२ करोड लगानीमा ४१ वटा, भक्तपुरमा एक करोड २४ लाखमा ४ वटा, ललितपुरमा ८ वटा पार्क निर्माण गरिएको छ भने बाँकी अन्य जिल्लामा निर्माण गरीएको जनाएको छ ।











