हेटौंडा–१६ मा नेकपाको टोल कमिटी गठन
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१६ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को टोल स्तरीय टोल कमिटी गठन गरीएको छ । हेटौंडा–१६ को चिसापानी टोलमा टोल कमिटी गठन गरीएको हो ।
आइतबार एक कार्यक्रममा हरि प्रसाद चौलागाईंको अध्यक्षतामा १५ सदस्यीय टोल कमिटी गठन गरीएको छ । कमिटीको सचिब मा बिन्दा अधिकारी दाहाल, सदस्यहरुमा कुमार थापा, देबकुमार घिमिरे, रिता बिश्वकर्मा, दिपक कार्की, दमन बलामी, कौशिला सिंह, श्याम खतिवडा, हरि बहादुर घिमिरे, सुबाश लामिछाने, सुनिता कार्की, प्रेम पौडेल, सन्तोश राइ,ज्योति बिश्वकर्मा रहेका छन् ।
नेकपा चिसापानी टोल कमिटी इन्चार्ज धन बहादुर कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी हेटौंडा–१६ का इन्चार्ज जगनाथ रिमाल रहेका थिए ।
कार्यक्रममा नेकपा हेटौंडा–१६ का अध्यक्ष अभिनाश गजुरेल, सल्लाहकार गोबिन्द दाहाल, लोकनाथ चौलागाईं, कृष्ण बहादुर राइ, ध्रुब प्रसाद धिताल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सुवास लामिछानेको नेतृत्वमा विभिन्न पार्टी परित्याग केहि युवाहरु नेकपा प्रवेश गरेका थिए ।