खेतीपाती गाँउमा कृषि सामग्रीको मल शहरमा

मकवानपुर । कृषि सामग्री कम्पनी लिमिटेडले मकवानपुरमा गत आर्थिक वर्ष २०७६/७७ मा करिव ३५ सय मेट्रिक टन रासायनिक मल वितरण गरेको छ । मकवानपुरको स्थानीय तह र विभिन्न कृषि सहकारी संस्था मार्फत कम्पनीले सो परीमाणमा रासायनिक मल वितरण गरेको हो ।
कम्पनीले सो आर्थिक वर्षमा युरिया मल २ हजार ५५ मेट्रिक टन, डिएपि १ हजार २ सय ८५ मेट्रिक टन र पोटास ७२ मेट्रिक टन मल वितरण गरेको जनाएको छ ।
हेटौंडामा प्रादेशिक कार्यालयसमेत रहेको कम्पनीले ४ करोड ९७ लाख १३ हजार ५ सय ६५ रुपैया बराबरको रासायनिक मल बिक्री वितरण गरेको तथ्याङ्कमा उल्येख छ ।
यो मात्रामा रासायनिक मल वितरण हुादा पनि मकवानपुरमा मल अभाव कायमै छ । नेपाल सरकारबाट अनुदानमा उपलब्ध गराउदै आएको सो रासायनिक मल वितरण शहर केन्द्रित रहेको तथ्याङ्कले देखाएको छ ।
कम्पनीले हेटौंडा उपमहानगरपालिकामा मात्रै १ हजार ५ सय ४२ मेट्रिक टन मल वितरण गरेको छ भने मकवानपुरका सबै ग्रामिण क्षेत्रमा भने १ हजार ८ सय ७० मेट्रिक टन मल वितरण भएको तथ्याङ्क छ ।
मल वितरणको अनुपात हेर्दा खेतियोग्य भुमि रहेको ग्रमामिण क्षेत्रमा मलको परिमाण थोरै देखिएको छ । अधिकांश खेतियोग्य जमिन रहेको मकवानपुका अन्य ९ स्थानीय तहहरुमा रहेका छन् ।