विपदमा परेका स्थानीय तहलाई बागमती सरकारले सहयोग गर्ने

हेटौडा न्युज
२६ श्रावण २०७७, सोमबार १४:२४
;

मकवानपुर । बागमती प्रदेश सरकारले बाढी–पहिरोबाट क्षति पुगेका स्थानीय तहलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

मुख्य मन्त्री एवं बागमती प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिका अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले ७ गाउँपालिका र दुई नगरपालिकालाई क्षतिका आधारमा सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकले धादिङको बेनीघाट रोराङ गाउँपालिकालाई रु.३० लाख, धादिङकै सिद्दलेक र गजुरी गाउँपालिकालाई २०/२० लाख, नुवाकोटको बेलकोटगढी नगरपालिकालाई २० लाख, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकालाई १५/१५ लाख, दोलखाको गौरीशंकर गाउँपालिकालाई ३० लाख, कालिञ्चोक र बिगु गाउँपालिकालाई १५/१५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*