प्युठानमा १४ सैनिकसहित थप २३ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२६ श्रावण २०७७, सोमबार १६:२०
;

प्युठान । प्युठानमा नेपाली सेनामा कार्यरत १४ जनासहित थप २३ जना कोरोना पुष्टि भएको छ ।

ईन्द्रध्वज गण प्यूठानको आन्तरिक क्वारेन्टाइनमा बसेका १४ जना, स्वर्गद्वारी नगरपालिकामा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जना, १ जना मल्लरानी गाउँपालिका र १ जना जिल्ला प्रहरी कार्यालयमा हिरासतमा रहेकामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

सोमबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा जिल्लाका थप २३ जनामा कोरोना देखिएको हो ।

सोमबार आएको रिपोर्टसँगै प्यूठानमा सक्रिाय संक्रमित २८ जना भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए । यसअघि कोरोना संक्रमण पुष्टि भएका ३ सय ३७ जना डिस्चार्ज भईसकेको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*