वीपी कोइराला युवा नेतृत्व विकास मञ्च मकवानपुरमा पौडेल

मकवानपुर । वीपी कोइराला युवा नेतृत्व विकास मञ्च मकवानपुरको अध्यक्षमा गंगा पौडेल मनोनित भएका छन् ।
जननायक विपी कोइरालाको समाजवादप्रति आस्था राख्ने तरुण विद्यार्थीहरुको नेतृत्व तथा व्यक्तित्व विकासका लागि स्थापना भएको युवाहरुको साझा चौतारीको रुपमा गठन भएको बिपि कोइराला युवा नेतृत्व विकास मञ्च मकवानपुरको जिम्मेवारी पौडेललाई दिईएको हो ।
वीपीका विचार र लोकतान्त्रिकका समाजवादहरुका विषयहरुलाई छलफल गर्दै युवाहरुलाई जागरुक बनाउँदै आएको र अबका दिनमा अझ युवा माझ विपीका विचारलाई आत्मसाथ गरी अघि बढाउनका लागि मञ्चले पौडेललाई मकवानपुरको अध्यक्षमा मनोनित गरेको पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै नवलपुरमा सागर ढकाल, पाल्पामा ओमप्रकाश बस्याल, स्याङ्जामा प्रकाश भुषाल सहित २६ जिल्लामा जिल्ला अध्यक्ष मनोनयन गरिएको छ ।
पौडेल सामाजिक क्षेत्रमा सक्रिय छन् । उनले विभिन्न सामाजिक संघसंस्थामा बसेर लामो समय काम गरिसकेका छन् ।
संचार क्षेत्रको लामो अनुभव बटुलेका पौंडेल हेटौंडामा संचालनमा रहेको रेडियो आकाशगंगा ८८.५ मेगाहर्जका संचालक समेत हुन् ।
अध्यक्षमा मनोनित भएपछि पौडेलले आगामी दिनहरुमा यस संस्थालाई अगाडि बढाउन आफुले डटेल लाग्ने बताएका छन् ।